नेपालमा पृथ्वीनारायण, जंगबहादुर र महेन्द्रजस्ता राष्ट्रवादीको आवश्यकता

राकेशकुमार शर्मा

प्रधानमन्त्रीसमेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको छ । नेपालमा संविधान निर्माण गर्ने सभासदहरु, सांसदहरु र नेताहरुले नै संविधान–२०७२ लाई नमानी रहेको र पालना नगरेको अवस्था छ ।
मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई राजनीतिक दलहरुका नेताबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौं । हामी नागरिकहरुले २१ औं शताब्दीमा आएर पेट्रोलियम पदार्थहरु र ग्याँसको दुःख र सास्ती जीवनमा व्यहोर्नु पर्ला कहिले सोचेका थियौं । यस्तै अवस्था मुलुकको रहिरहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर, कति समय लाग्छ र ? बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलैमा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।
यसकारण नेपालमा संविधान सभाबाट वि.सं. २०७२ साल असोज ०३ गते जारी संविधान ‘मरिसकेको’ छ । जस्तैः २५ जना भन्दा बढी मन्त्रीमण्डल विस्तार गर्न पाइदैन । तर बढी मन्त्रीमण्डल विस्तार गरेका छन् आदि आदि जस्ता र संविधानसभा नै बहिष्कार गर्ने जलाउनेहरुलाई पनि सरकारमा सहभागी गराएका छन् ।
संविधानसभामा बहिष्कार गर्ने र संविधान जलाउनेलाई सरकारमा सामेल गराउन हुने मैले संविधानको श्राद्ध गर्न किन नहुने ? संविधानसभालाई नै बहिष्कार गर्ने (संविधान जलाउने) हरुलाई सरकारमा लैजानुको औचित्य के ? मुलुकको हितका लागि संविधान निर्माणमा सहभागिता गराउनु सक्नु पथ्र्यो । सत्तालिप्सा बाँडफाँटको भागबण्डामा नौ महिना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पालो, नौ महिना नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पालो यसपछि भागबण्डाको पालो कस्को ?
विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । यो संविधान दिर्घकालिनसम्म टिकाउ संविधान होइन । यो संविधान फेल भएर जानेछ ।
विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो । धर्म निरपेक्षता लादियो । यसरी विस २०६२–२०६३ सालमा नेपालीहरुको धर्म माथि त प्रहार भयो नै अब संस्कार, संस्कृति र भाषा माथि पनि प्रहार हुँदैछ । विद्यार्थीलाई विद्यार्थी, विद्युतलाई विधुत नेपालीहरुलाई शुद्ध भाषा बोल्न र लेख्न नदिने, लिपी नै परिवर्तन गराई दिने, व्याकरण लेस गराइ दिने जस्ता चलखेल र षडयन्त्र हाम्रो मुलुकमा भइरहेको छ ।
हामी आम नेपाली नागरिकहरुको विवेक, बुद्धि, ज्ञान र सचेतना कहिले आउने हो । हामी आम नागरिकहरु धनी छौं । तर हाम्रो मुलुक गरिब छ र सम्पन्न छैन । नागरिक र व्यक्तिहरु जति धनी भएपनि काम छैन । मुलुक धनी र सम्पन्नन हुनुपर्दछ । हाम्रो मुलुकमा आउने दिनहरुको भविष्य ठिक देखि रहेको छैन । मुलुकमा थप जटिलता आउने हो की ? खतराको संकेत महसुस भइरहेको छ ।
मुलुकको राष्ट्रिय अखण्डता र स्वाधिनतालाई प्रधानमन्त्री, मन्त्री, सांँसद र नेताहरुबाट धरापमा पार्ने काम भएको छ । यसका लागि दोषी र जिम्मेवार हामी नागरिकहरु छौं । हामी नागरिकहरुले २१ औं शताब्दीमा आएर पेट्रोलियम पदार्थहरु र ग्याँसको दुःख र सास्ती जीवनमा व्यहोर्नु पर्ला कहिले सोचेका थियौं ।
यसतै अवस्था मुलुकको रहि रहने हो भने रुवान्डा, सिरिया, अफगानिस्तान, हाइटी, टर्की, लेवनान, सुडान र इथोपिया आदि आदि जस्ता राष्ट्र हुन के बेर । कति समय लाग्छ र ? सपार्नलाई समय लाग्छ । तर बिग्रनलाई पल भर समय पनि लाग्दैन यसकारण बेलामा आम नागरिकहरु सचेत र जागरुक हुन जरुरी छ ।
नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्मनिरपेक्षता लादे, पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए । दोस्रो संविधान सभाबाट वि.सं. २०७२ साल असोज ३ गते संविधान जारी पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको र द्वन्द्वको अन्त्य गर्न नसकेकोले मुलुकमा थप जटिल परिस्थिति र मुलुक जर्जर अवस्थामा रहेको छ ।
हाम्रो मुलुकको इतिहासमा नै २०५२ सालदेखिको संक्रमण काल अवस्था आजसम्म रही आएको र अझै कतिन्जेल संक्रमणकाल अवस्था रही रहने हो ? यस संक्रमणकाललाई हटाउन नसकेको मुलुकमा अराजकता र अस्थिरता जस्ता समस्याहरु देखिएका छन् ।
यी समस्याहरुलाई सुल्झाउन, मुलुकलाई निकास दिन नसकेको र अनिर्णयको बन्दी बनाइराखेकोले नेपालमा राजनीतिक दलहरुको सरकार, सांसद र नेताहरु मुलुक चलाउन र मुलुकलाई निकास दिन असफल भएकाले अब नेपालमा मुलुकको हित र रक्षाका लागि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र, जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता छ ।
नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता, स्वाधिनता, प्रजातन्त्रको रक्षा, पाँच प्रदेश, हिन्दू राष्ट्र कायम गर्न, राज्यकोष ढुकुटी दुरुपयोग, भ्रष्टाचार र दण्डहिनताको अन्त्य गर्न, मनपरीतन्त्र र छाडातन्त्र आदि आदि जस्ता विकृतिहरु हटाउन मुलुकको हित र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ ।
राज्य विभाजन हुनु (टुक्रिनु) हुँदैन र अखण्ड नेपाल नै रहि रहनुपर्छ भन्ने आम नेपाली नागरिकहरुको भनाई रहेको छ । आम नेपाली नागरिकहरुले विकेन्द्रिकरण खोजेका हुन् । विगत देखि हालसम्म पाँच वटा विकास क्षेत्र विकेन्द्रिकरण भएर पनि नाम मात्र को विकेन्द्रिकरण भएर थन्केर रहिरह्यो । आम नेपाली नागरिकहरुले विकेन्द्रिकरण भएका ठाउँहरुबाट सेवा सुविधाहरु छिटो भन्दा छिटो पाउन खोजेका हुन् ।
पुर्वाञ्चल विकाश क्षेत्र, मध्यमाञ्चल विकाश क्षेत्र, पश्चिमाञ्चल विकाश क्षेत्र, मध्यपश्चिमाञ्चल विकाश क्षेत्र र सुदुरपश्चिमाञ्चल विकाश क्षेत्र यी ५ वटा विकाश क्षेत्रलाई (१) पुर्वाञ्चल प्रदेश (२) मध्यमाञ्चल प्रदेश (३) पश्चिमाञ्चल प्रदेश (४) मध्यपश्चिमाञ्चल प्रदेश (५) सुदुरपश्चिमाञ्चल प्रदेश नाम राखेर विकेन्द्रिकरण गरिनुपर्छ । राजनीतिक दलहरुका नेताहरु र सांसद (सभासद) हरुको अनिर्णय र अराजकताका कारण मुलुकको हित र रक्षाका लागि पनि पृथ्वीनारायण शाह, महेन्द्र र जंगबहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =