धादिङ प्रदेशसभा २-कमा माओवादीका जगत सिंखडा विजयी

मंसिर २२ , धादिङ । धादिङमा माओवादी केन्द्रले प्रदेशसभाबाट जितको खाता खोलेको छ । प्रदेशसभातर्फ क्षेत्र नं. २ -क माओवादी केन्द्रका उम्मेदवार जगत सिंखडा विजयी भएका हुन् ।

वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनले कांग्रेसको समर्थन पाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार डम्बरबहादुर तामाङलाई १ हजार ८३१ मतले हराएका हुन् ।

तामाङले १५ हजार ७ सय ७४ मत ल्याएका छन् । यस प्रदेशमा ३५ हजार ६ सय ७ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =