जनताको भावना अनुसार नै काम गर्ने तिमल्सिनाकाे प्रतिबद्धता

मंसिर २५, राैतहट । नेपाली काँग्रेस रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित देव प्रसाद तिमल्सिनाले कुनै पनि दलको विभेद नगरीे जनताको सेवा गर्ने बताउनु भएकाे छ । पहिले पनि कसैलाई विभेद नगरी जनताको सेवा गरेको हुँदा नै विजयी भएको बताउँदै अबका दिनमा पनि कुनै विभेद नगरी जनताको सेवा गर्ने संसद् तिमल्सिनाले प्रतिक्रिया दिनु भएको हाे ।

सोमबार चन्द्रनिगाहपुरमा विजय जुलुसको क्रममा पत्रकारसँग कुरा गर्दै उनले भौतिक पूर्वाधारको विकास, हरेक गाँउलार्इ राजमार्गसँग जोडने अभियान लगायतका सुविधा सम्पन्न गर्न अग्रसर हुने बताउनुभयो । जनताको भावना अनुसार नै काम गर्ने प्रतिबद्धता जनाउदै उहाँले यो जनता कै जित भएकोले जनतामा नै सर्मपित भएर काम गर्ने जनाउनु भएको हो ।

स्थानीय तहको निर्वाचनको तथ्याङकमा क्षेत्र नं. ४ मा १० हजार मतअन्तर बामगठबन्धन अगाडी भएको भए पनि संसद् तिमल्सिनाले उल्टै ५ हजार २ सय २१ मतको अन्तरले विजयी हुनुभएको हो । २०४८ साल देखी नँया अनुहारलार्इ जिताउदै आएका यस क्षेत्रका जनताले तिमलसिनालार्इ यो पहिलो पटक जिताएका हुन । २०७० सालको निर्वाचनमा झिनो मतअन्तरले पराजित हुनुभएका तिमल्सिना अहिले २८ हजार २ सय २८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उमेदवार डा. बंशिधर मिश्रले २३ हजार ६ मत प्राप्त गरेका थिए ।

पराजित डा. मिश्रले यसै क्षेत्रमा २०४८ सालमा विजयी भएका थिए । यसै गरी सो क्षेत्रको क मा नेपाली काँग्रेसका उम्मेदवार धनलाल ठोकरले १३ हजार ६ सय १० मत र ख को प्रदेश सभा सदस्यमा स्वतन्त्र उमेदवार शेख कलाम आजदले ७ हजार ३ सय ९३ मत ल्याइ विजयी हुनुभएको छ । विजयी उम्मेदवारहरुले विभिन्न स्थानमा जुलुस समेत निकालेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =