प्रहरीद्वारा फेला परेकाे गरगहना फिर्ता

कात्तिक २, काठमाडाैं । सीमा प्रहरी चौकी, बैतडी झुलाघाटले बेवारिसे अवस्थामा भेट्टाएको गरगहनासहितको झोला जिल्ला प्रहरी कार्यालय, बैतडीमा बुधवार पत्रकार सम्मेलन गरी सम्बन्धित मान्छेलाई बुझाएको छ ।

मङ्गलवार गस्तीमा रहेको प्रहरीले साँझ ७ बजेतिर नेपाल—भारत सीमाबजार झुलाघाट नजिक रहेको मौरा बसपार्कको यात्रु प्रतिक्षालयमा भेटिएको बेवारिसे झोलामा साढे पाँच तोला सुनका गरगहनासँगै रहेको लत्ताकपडा दशरथचन्द नगरपालिका–१० बाराकोटका नरेन्द्र बुडाल र उनकी श्रीमती ज्योति बुडाललाई बुझाएको हो ।

बेवारिसे अवस्थामा भेटिएको झोलामा नरेन्द्र बुडालको परिचय खुल्ने मुम्बई इन्टरनेशनल एयरपार्ट पेसेन्जर सर्विस एजेन्ट उल्लेख गरेको परिचयपत्र भेटिएपछि बेवारिसे झोला उहाँको रहेको थाहा हुन आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्व शर्माले जानकारी दिए । उनले भने “झोलामा परिचयपत्र भेटिएकाले सम्बन्धित मान्छेलाई सम्पर्क गरी बुझाइएको हो ।”

उक्त झोलामा एकथान हार सेट, मंगलशुत्र दुई थान, कानको टप दुई थान र आैठी दुई थान रहेका थिए । परिवारसँगै तिहार मनाउन भारतबाट घर आएका बुडालको उक्त झोला बसपार्कमा छुट्न गएको हो । गरगहनासहित हराएको झोला प्रहरीले फेला पार्दा प्रहरीले कर्तव्य पूरा गरेर सामान फिर्ता गरेको भन्दै बुडालले प्रहरीलाई धन्यवाद दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =