प्रदेश राजधानीको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, पुस १६ । प्रदेश न. १को राजधानी विराटनगरमा हुनुपर्ने माग गर्दै आज विरोध र्याली निकालिएको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ संयुक्त आयोजनामा शहीद मैदानबाट निस्किएको र्‍याली महेन्द्रचौममा पुगेर कोण सभामा परिणत भएको थियो ।

प्रदेश नम्बर एकको राजधानी विराटनगरको विकल्प नभएको भन्दै र्‍यालीका सहभागीहरुले विराटनगर राजधानी घोषण गर, विराटनगर राजधानीको मुल आधार सम्पूर्ण पुर्वाधार, प्रदेश नम्वर एकको महानगर औद्योगिक नगरी विराटनगर जस्ता नारा लगाएको थिए ।

कोण सभालाई सम्बोधन गर्दै सहभागीहरुले विराटनगर प्रादेशिक राजधानीको विकल्प नभएको बताएका थिए ।

उनीहरुले विराटनगर ऐतिहासिक नगर भएको भन्द पुर्वधारयुक्त शहर विराटनगरको विकल्पमा सरकार गएको खण्डमा सरकार विरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका थिए ।

कोण सभालाई विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली,उपमेयर इन्दिरा कार्की,उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यय,मोरङ व्यपार संघका अध्यक्ष पवन सारडा,प्रदेश संसाद केदार कार्की,जिल्लास्थित विभिन्न दलका अध्यक्षहरुले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *