बाढीपहिरोले मकवानुरका तीन दर्जन खानेपानी योजनामा क्षति

गएको साताको बाढीपहिरोले मकवानुरका तीन दर्जन खानेपानी योजनामा क्षति पुर्याएको बताइएको छ । बुधबार हेटौंडामा सम्पन्न खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति (डीवाससीसी) बैठकमा सहभागीले मनहरी, राक्सिराङ, बकैया, बाग्मती, ईन्द्रसरोबर गाउँपालिका र हेटौंडा नगरका खानेपानी योजनामा बाढीले क्षति पु¥याएको जानकारी दिएका हुन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रमुख पदमबहादुर कुँबरको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका अधिकृत रामकृष्ण थापा, खानेपानी बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकाल, जिल्ला शिक्षा कार्यालयका अधिकृत मोतीप्रसाद भट्टराई, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका बद्री देबकोटा, केबी राई, पत्रकार महासंघका भानुभक्त आचार्य, गैसस महासंघका दीपेन्द्र पाठकलगायतको ससहभागिता रहेको थियो ।

बैठकमा बाढीका कारण खानेपानी प्रदुषण भएकोले पियुस, एक्वाट्याब, बाटरगार्डलगायतका बिधि प्रयोग गरी खानेपानी शुद्ध गर्न सर्बसाधारणमा आग्रह गर्ने निर्णय गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, डिभिजन खानेपानी कार्यालय, खानेपानी बोर्डमा सम्पर्क गरी पानी शुद्ध गर्ने प्रबिधि लिन सकिने छ । खानेपानी आयोजनाहरुले बिलचिङ पाउडर प्रयोग गर्न आग्रह गर्ने निर्णय भएको छ ।








