एनआरएनको आठौँ विश्व सम्मेलन सुरू हुन सकेन

असोज ३०, काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को आठौँ विश्व सम्मेलन अाजबाट सुरू हुने भनिएकाे थियाे । तर, हाल सम्म सुरू हुन सकेकाे छैन । असोजको २८ देखि ३१ गते सम्म तय गरिएकाे विश्व सम्मेलनमा अध्यक्षका लागि भवन भट्ट, जमुना घले र डिबी कार्कीले उम्मेदवारी दिएका छन् । भट्ट जापानको रेष्टुरेन्ट व्यवसायबाट आर्थिक क्षेत्रमा उदाएका व्यक्ति हुन् । नेपालमा सञ्चारमा क्षेत्रमा पनि लगानी गरेका भट्ट नेपाल पूर्वाधार कम्पनीको अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । भट्टको लगानी रहेको बिबि एअरलान्स भने असफल भएर बन्द अवस्थामा छ । दुई कार्यकाल उपाध्यक्षको पदमा भूमिका निर्वाह गरेका भवन भट्ट आठौँ विश्व सम्मेलनका लागि अध्यक्ष पदका बलियो उम्मेदवार देखिएका छन् ।

वर्तमान अध्यक्ष शेष घलेसँग सातौँ विश्व सम्मेलनमा पराजित भएका डिबी कार्कीले यस पटक पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी डिबी कार्की एनआरएनको स्थापनाकाल देखि संस्थामा रहेका व्यक्ति हुन् । कार्कीको कतारमा निर्माण कम्पनी ‘द बेच जनरल सर्भिस’ छ ।

त्यस्तै, जमुना एनआरएनका वर्तमान अध्यक्ष शेष घलेको श्रीमती हुन् । अध्यक्ष शेष घलेले आफ्नो कार्यकालमा सुरु गरेको लाप्राक एकीकृत बस्ती निर्माणलाई सम्पन्न गर्न र भिजन ट्वान्टी ट्वान्टीको एजेण्डालाई कार्यान्वयन तहमा लैजानका लागि श्रीमतीलाई अध्यक्षमा उठाउने योजना बनाएको बुझिएको छ । घले अस्ट्रेलियाको प्रख्यात मेलर्बन इन्सिच्युट अफ टेक्नोलोजीको प्रवन्धक हुन् । घले अस्ट्रेलियामा ११ औँ धनाढ्य महिलाको सूचीमा छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =