कालीमाटी तरकारी बजारको अनुगमनमा गएका सरकारी टोली नै थुनिए !
“
काठमाडौँ, भदौ ४ । कालीमाटी तरकारी बजारको अनुगमनमा गएको सरकारी टोलीलाई नै कालीमाटी बजारका व्यापारीले थुनेका छन् ।
सोमबार बिहान करिब ३ बजेको समयमा पसल तथा सवारीहरुको अनुगमनका लागि कालिमाटी पुगेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेपछि छुटाउनका लागि प्रहरी परिचालन गरिएको छ ।
व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्।
आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिनेब बताए।
कालीमाटीमा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा दुई वटा ट्रक नियन्त्रणमा लिएको थियो ।
सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट विलविजक लगायतका कागजात नभेटाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये एक जना फरार भएको प्रहरीले जनाएको छ ।
“