बाढीपहिरोका कारण १९ बालबालिकाको मृत्यु

काठमाडौं, भदौ १७ । देशकाविभिन्न जिल्लामा आएको बाढीपहिराका कारण १९ बालबालिकाको मृत्यु भएको छ । पहाडी जिल्लामा आएको पहिरो तथा तराईका जिल्लामा आएको बाढीका कारण सिन्धुली, डोटी, सुर्खेत, बारा, दाङ, कैलाली, सर्लाही, बाँके, सिरहा, सप्तरी, धनुषा, मकवानपुर र चितवनका गरी १९ जना स्कुले बालबालिकाको मृत्यु भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ती जिल्लाका करिब ५०० विद्यालयको भौतिक संरचनामा क्षति पुगेको छ । सुनसरी र झापाको क्षति विवरण आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । प्रभावित जिल्लाका पीडितले आश्रय लिएका कारण विद्यालयहरु सञ्चालन हुन समस्या भइरहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =