प्रधानन्यायाधीश पराजुली विरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं, माघ २३ । सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीश गोपाल पराजुलीसहित तीनजना विरुद्ध अदालतको अवहेलना मुद्दा पेस भएको छ ।

सामाजिक अभियन्ता मनोजकुमार अधिकारीले आफू अनुकूल मुद्दाका साक्षीलाई बयान गराउन दबाब दिँदै अदालतको मर्यादा र गरिमा नष्ट गरी अवहेलना गरेको जिकिरसहित मुद्दा पेस गरेका हुन् ।

उनको मुद्दामा कान्तिपुर दैनिक र वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीलाई पनि विपक्षी बनाइएको छ । निवेदनमा अनसनरत डा. गोविन्द केसीलाई अवहेलना मुद्दा लगाउन आफैले निर्देशन दिई सर्वोच्चका कर्मचारीको टिप्पणी उठाएर मुद्दा दायर गरेको र उक्त मुद्दामा केसीलाई आफू अनुकूल बयान दिन दबाब दिएको उल्लेख छ ।

प्रधानन्यायाधीश पराजुलीले केसीका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई केसीको बयानमा आफूलाई आरोप नलगाउन दबाब दिएकोले स्वतन्त्र न्यायालय समाप्त भएको भन्दै अवहेलनामा पराजुलीलाई कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =