प्रतिनिधिसभाको समानुपातिकतर्फ सिट बाँडफाँट गरेर दललाई पत्र पठाइदै

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको सिट बाँडफाँट गरेको छ । आयोगले प्रतिनिधिसभामा समानुपातिकबाट निर्वाचित हुने १ सय १० सिट नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाललाई बाँडेको हो ।

आज दलहरूलाई बाँडफाँटबमोजिमका सिटमा समावेशी र लैंगिक सन्तुलन मिलाएर नामावली पठाउन पत्राचार गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ सदस्य प्रत्यक्ष निर्वाचनबाट निर्वाचित भइसकेका छन् ।

एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले ६÷६ सिट पाएका छन् । तर, आयोगले सिट बाँडफाँट औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन । प्रत्यक्षतर्पm एमालेले ८०, कांग्रेसले २३, माओवादीले ३६ राजापले ११ र संघीय फोरमले १० सिट जितेको थियो ।

अब ८४ जना महिला अनिवार्य सिफारिस गर्नुपर्ने देखिएको छ । ३३ प्रतिशत महिलालाई प्रतिनिधित्व गराउँदा एमालेको कूल महिला सिट ४९ हुनुपर्नेछ । कांग्रेसले २५ जना महिला पठाउनुपर्नेछ । माओवादी केन्द्रबाट २१ जना महिला पठाउनु पर्नेछ । राजपाले ६ वटै सिटमा महिला पठाउनुपर्ने देखिएको छ । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी बन्द सूचीमा रहेका उम्मेदवारको समावेशी नाम पठाउन दललाई पत्राचार गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =