अष्ट्रेलियाले ४–० ले जित्यो एसेस
२०७४ जेठ १५ गते

काठमाडौं, पुस २४ । पाँचौ तथा अन्तिम टेष्टमा इंगल्याण्डलाई १ इनिङ्स र १२३ रनले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिज ४–० ले जितेको छ । सुरुका तीन टेष्टमै जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट बराबरी खेलेको थियो ।
पहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले इनिङ्स अन्तरको हार टार्न दोस्रो इनिङ्सका त्यति नै रन बनाउनुपर्ने थियो । तर इंगल्याण्डले दोस्रो इनिङ्समा १८० रन मात्र बनाउन सकेपछि घरेलु टोलीले फराकिलो जित हात पारेको हो ।
सिरिज ४–० ले जितेपछि अष्ट्रेलिया टेष्ट वरियतामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने तेस्रो स्थानको इंगल्याण्ड पाँचौमा झरेको छ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








