मिस लिम्बुकी फस्ट रनरअपको जन्मदिन अनाथ आश्रममा

भाद्र १, धरान । मिस लिम्बुकी फस्ट अरनअप आफ्नो जन्म दिन अनाथ बालबालिका सँग मनाएकी छिन् । धरानको सरस्वती बाल आश्रममा मिस लिम्बु २०१७ फष्ट रनर अप सन्ध्या तुम्बाहाङ्गफे लिम्बुले बिहिबार १७ औं जन्मदिन मनाएकी हुन् ।

सो अवसरमा लिम्बुले आश्रममा रहेका २५ जना बालबालिकालाई कपी कलम र बालिकाहरुलाई भित्री बस्त्र समेत प्रदान गरेकी थिइन् ।

फष्ट रनर अप सन्ध्याले जन्म दिनमा साथीभाई लगायत आफन्तलाई भोज खुवाउँदा २०/२५ हजार खर्च हुने भएकाले उक्त एक दिनको खर्च अनाथ बालबालिकालाई खर्च गरेर नयाँ पुस्तालाई समाज सेवा प्रति मार्गनिर्देश गर्ने उद्देश्यले जन्म दिन अनाथ बालबालिकाहरुसँग मनाएको बताईन् ।

लिम्बु धरान उच्च माविमा विज्ञान विषय लिएर कक्षा १२ मा अध्ययनरत छिन् । सानै उमेरदेखि समाज सेवा गर्नुपर्छ भन्ने सोच भएकी सन्ध्याले कक्षा ८ देखि सामाजिक काममा हात हालेकी हुन् । ‘स्कुलमा पढ्दा युथ क्लबबाट विभिन्न काम गथ्यौं । टिफिनमा खाजा खाने पैसा छुटयाएर साहरा विहिन बालबालिका र बृद्ध बृद्धालाई सहयोग गर्थे ।’ उनले भनिन् ।

भविष्यमा डाक्टर बनेर दिन दुःखी असहाय बालबालिका र बृद्धबृद्धालाई सेवा गर्ने उनको उद्देश्य छ ।

पूर्वका विभिन्न जिल्लाका २५ जना अनाथ बालबालिकाहरु सरस्वती बाल आश्रममा आश्रित छन् । आश्रमका बालबालिका धरानका विभिन्न सामुदायिक विद्यालय र निजि विद्यालयमा अध्ययनरत रहेको संस्थाका सचिव पूर्ण प्रसाद फुयालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *