लोकसेवा आयोगबाट कर्मचारी भर्ना रोकिएको छैन– लालबाबु पण्डित

काठमाडौं, भदौ १ । लोकसेवा आयोगबाट कर्मचारी भर्ना नरोकिने भएको छ । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी गराएका हुन् ।

उनले लोकसेवाबाट कर्मचारी भर्ना रोकिँदैछ भन्ने हल्ला मात्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारे ।

स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहँदा देश नचल्ने बताए ।

उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =