एसियाली खेलकुद : नेपाल भियतनामसंग २–० ले पराजित
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन ३१ । १८ औँ एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल भियतनामसंग पराजित भएको छ । यो पराजयसँगै नेपालको दोस्रो चरणमा प्रवेश गर्ने सम्भावना न्यून रहेको छ ।
इन्डोनेसियाको सिकाराङमा भएको खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित भयो । पहिलो खेलमा जापानसँग १–० ले पराजित भएको नेपालले भियतनामसँग राम्रो खेल्न सकेन ।
पहिलो आधा घण्टा नेपालले विपक्षीलाई गोलरहित बराबरीमा रोकेको थियो । तर ३४ औं मिनेटमा भियतनामले खेलमा अग्रता बनायो । खेलको ६४ औं मिनेटमा फान भानले भियतनामका लागि गोल गर्दै अग्रता २–० मा पुर्याए।
अब नेपालले अन्तिम खेल पाकिस्तानसँग अगस्ट १९ मा खेल्नेछ । त्यो खेलमा जित निकालेमा नेपाल उत्कृष्ट तेस्रो टिमका रुपमा नकआउट चरणमा पुग्ने सम्भावना बाँकी हुनेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








