धरानबाट किरण राई फेरी पक्राउ

“
धरान, साउन ३१ । नेकपा विप्लव समुहका केन्दिय सदस्य तथा सुनसरी क्षेत्र न १ का पुर्व सभासद किरण राईलाई गत साउन २९ गते ईलाका प्रहरी कार्यालय धरानले धरान १६ बाट पुन: पक्राउ गरेको छ ।
धरान १६ स्थित आफन्तकोमा पारीवारीक भेटघाट गर्न गएको वेला प्रहरीले राईलाई राती ९ वजे आफन्तकै घरवाट गिरफ्तार गरी हाल धरान वडा कार्यालय भानुचोकको हिरासतमा राखेको छ ।
सोहि दिन धरानबाट प्रहरीले सोहि पार्टिका कार्यकर्ता दिपेश राई, चन्द्र वुढाथोकि ,राजेश किरातीलाई पनि गिरफ्तार गरी राईसँगै वडा कार्यालयमा राखेको छ ।
सभासद राईलाई ४ महिना अघि पक्राउ गरी झण्डै ३ महिना धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरीको विभिन्न प्रहरी कार्यालयमा हिरासतमा राखेको थियो ।
तर विप्लव समुहका नेता भएकै कारणले पक्राउ गरी झुठा मुद्धा लगाएकोले विराटनगरस्थित उच्च अदालतले स–सम्मान रिहा गर्न आदेश दिए पछि छाडिएको थियो ।
यस पटक भने उनीहरुलाई चन्दा उठाएको/उठाउँदै गरेको भनि प्रहरीले आरोप लगाए पनि किरण राई यो सरासर झुठा कुरा भएको बताउँदै आफुमाथि राज्यले स्वतन्त्ररुपमा राजनिति गर्न पाउने अधिकारबाट बञ्चित गरी संविधानकै खिल्ली उडाउने काम भएको बताए ।
माओवादी जनयुद्धका बेला जनसेनाका व्रिगेड कमाण्डर भइसकेका राईले सुनसरी क्षेत्रका सभासद हुँदा धरानको खानेपानी समस्या लगाएत पानवारी जाने पुलहरु सडक निर्माणमा ठुलो योगदान पुर्याएका थिए ।
मेहनती र मिलनसार राईलाई उनले गरेको विकासको कामहरुलाई मध्यनजर गरे यस पटक धरानको नगर प्रमुख पदमा स्वतन्त्र रुपमा उठेर धरानको नेतृत्व गर्न स्थानीय युवाहरुले उनलाई अनुरोध गरीरहेको कुरा पारिवारीक स्रोतले जानकारी गराएको छ ।
“








