तेस्रो चरणको चुनावमापनि एमाले पहिलो दल बन्छ: ओली

काठमाडौं, भदौ १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल हुने ठोकुवा गर्दै एमालेविरुद्ध ‘कुचो लिएर नआउन’ आग्रह गरेका छन् ।

उनले एमालेले २ नम्बर प्रदेशमा स्थानीय तहमा बहुमत ल्याउने र प्रादेशिक संसदको चुनावमा बहुमत ल्याएर सरकार बनाउने उद्घोष पनि गरे । पार्टीको प्रदेश नम्बर–२ सम्पर्क कमिटीले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताए ।

तराई–मधेसको विकास र सामाजिक न्यायका लागि एमालेले काम गरेका कारण एमालेविरुद्ध एक्लै प्रतिस्पर्धामा आउने आँट अरु दलमा नभएको ओलीको भनाइ थियो । विदेशी एजेन्डाको भारी बोकाएर तराईवासीलाई मानवविकास सूचकांकको सबैभन्दा पछिल्लो स्थानमा राखिएको र त्यहाँ विकास र जनचेतना जगाउनसमेत अवरोध गरिएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =