जनता अवास कार्यक्रममा अनियमितता

असार १, २०७४ । जनता अवास कार्यक्रम अन्तर्गत गरिब दलितको भवन निर्माणको रकम रौतहटको विभिन्न विभिन्न स्थानमा अनियमितता भएको पाईएको छ । नेकपा एमालेका नेता प्रदीप यादवका अनुसार रौतहटको बौधीमाई गाउँपालिका, साविकको सरमुजवा गाविस स्थित बंकुल र सरमुजवा गाउँमा निर्माण भईरहेको घरमा अनियमितता भएको पाइएको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण भईरहेको घर परिवारलाई समेत आएको रकम बारे जानकारी विना नै काम भईरहेको छ । काम पनि गुणस्तरहिन भएको नेता यादवले बताए  । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भईरहेको घरमा प्रयोग  भईरहेको सामग्री अत्यन्त कमसल र न्यून गुणस्तरको भएको बुझिएको छ । पानी हावाहुरीले सहजै किसिमले ढल्ने गल्ने खालको ३, ४ नम्बरको टुक्राटुक्री इटबाट आश्चर्य चंकित रूपमा काम हुदै छ । काम स्तरीय ढंगले गराउन माग समेत उनले गरेका छन् ।  रौतहटको विभिन्न ठाउँमा सो  कार्यक्रम मार्फत एक हजार घर निर्माण भईरहेका छन् । घर निर्माण गरिबको हुने भएपनि यस कार्यक्रमले  गरिबलाई अन्धकारमा राखी केही टाठाबाठालाई रकम हिनामिना गरेर मोज गर्ने वातावरण बनाएका छ ।

रकम हातमा पारी कमाई गर्ने अभियानमा लाग्नेसँग मिलेर रकम दुरुपयोग समेत भएको पाईएको छ ।  घर बनाउन कति पैसा हो ? कस्तो घर बन्ने हो ? बारे थाहै नदिए कसरी काम गराउन खोजीएको हो ? गुपचुपमा आधी अधुरा काम गराई टाढाबाठाले रकम मास्ने कार्य बन्द गराउनु पर्ने नेता यादवले माग गरेका छन् । यस सम्बन्धमा जनता आवास कार्यक्रमका इन्जिनियर श्रीभगवान गुप्तासँग सम्पर्क गर्न खोज्दा सम्पर्क  हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =