नुवाकोट बस दुर्घटना अपडेटः एकको मृत्यु, ५८ घाइते, ८ को अवस्था गम्भीर(नामसहित)
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
नुवाकोट, साउन ३० । विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।
म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख २८०४ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकी विदुर–७ तुप्चेकी ५६ वर्षीया मोतीमाया तामाङको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हेलिकप्टरमा काठमाडौंँ लगिएकी तामाङको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५८ जना घाइते भएकामा आठ जनालाई उपचारका लागि काठमाडौंँ लगिएको छ । गम्भीर अवस्थाका साल्मेका ५६ वर्षीय प्रेमसिह तामाङ, ५७ वर्षीय होमबहादुर तामाङ, २० वर्षीया दिवामाया तामाङ, ७५ वर्षीय छिरिङ तामाङ, ५६ वर्षीय पूर्वबहादुर लामा तामाङ, वीरबहादुर विक, उत्तम तामाङ र ४० वर्षीया मङ्गलीमाया तामाङलाई थप उपचारका लागि काठमाडौंँ पठाइएको हो ।
उनीहरुको राजधानीका ग्रीनसिटी र ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको त्रिशूली अस्पतालमा उपचार भइरहेको बताइएको छ । मिनीट्रकलाई बाटो दिने क्रममा सडकको डिल भासिएर दुर्घटना हुँदा बस ४० मिटर तल कोदोबारीमा पुगेको थियो
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)