राजश्व कार्यालयका कम्प्युटर अपरेटर घुससहित रंगेहात पक्राउ

असोज ३०, जनकपुर । आन्तरिक राजश्व कार्यालय जनकपुरमा कार्यरत कम्प्युटर अपरेटर राम किशोर महतो ३२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महतोलाई कार्यालयको गेट अगाडिबाट नियन्त्रणमा लिएको हो ।

कानुनबमोजिम उक्त कार्यालयमा दर्ता भएको पसल बन्द गरीपाउँ भनी सेवाग्राहीले निवेदन दिएको र सो कार्य गरिदिनको लागि विभिन्न बहानामा उनले घुस लिएको अख्तियारले जनाएको छ । सेवाग्राहीको उजुरीको आधारमा अख्तियार कार्यालय बर्दिवासबाट खटिएको टोलीले महतोलाई पक्राउ गरिएकाे सोमबार जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =