सोमबार सुनको मूल्यमा सामान्य गिरावट
२०७४ जेठ १५ गते

काठमाडौं, साउन ३० । सोमबार सुनको मूल्यमा सामान्य गिरावट आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउमा पनि ५ रुपैयाँले कमी आएर तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








