यू–१५ : फाइनलमा स्थान बनाउन नेपालले भोली भारतसँग खेल्ने 

काठमाडौं, साउन ३० । भुटानमा जारी दोस्रो संस्करणको साफ १५ वर्ष मुनिको महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भोली भारतसँग खेल्ने भएको छ ।

साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित भुटान पुगेको नेपालले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्न लागेको हो । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ । नेपाल र भारत मैदान प्रवेश गर्दा दुवै टोली फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् ।

समूह बी मा रहेको नेपाल समूह उपबिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने भारत समूह ए को बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यस्तै प्रतियोगिताको अर्को सेमिफाइनलमा समूह बी को बिजेता बंगलादेशले समूह ए को उपबिजेता भुटानसंग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *