बिदा थप्दै सरकार: अब मुस्लिमको ‘बकर इद’ मा पनि सार्वजनिक बिदा

काठमाडौँ, साउन २९ । सरकाले बिदा कटौती गरेपछि विभिन्न समुदायले असन्तुष्टि जनाएका थिए । आ–आफ्नो समुदायको पर्वमा बिदा कटौति गरेर सरकारले विभेद गरेको उनीहरुको गुनासो थियो । बिदा थप्न माग गर्दै विभिन्न समुदायले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

यसैबीच मंगलबार मुस्लिम समुदायले समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरुको ठूलो पर्व मानिने बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा ज्ञापन पत्र बुझाउँदै बकर इदमा सार्वजनिक बिदा दिन ध्यानाकर्षण गराएका हुन् ।

मुस्लिम समुदायले आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न माग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदमा सार्वजनिक बिदा दिने भएका छन् ।

मुस्लिम समुदायको सबैभन्दा ठूलो पर्व हो, बकर इद । यो पर्व आगामी भदौ ६ गते बुधबार का दिन परेको छ । सरकारले बकर इदमा दिने गरिएको सार्वजनिक विदा कटौति गरेको थियो ।

गठबन्धनका संयोजक शमीम मियाँ अन्सारीले प्रधानमन्त्री ओलीले बकर इदमा सार्वजनिक बिदा दिने आश्वासन दिएको बताए ।

मुस्लिम समुदायले बकर इदमा सार्वजनिक विदा नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *