सर्वोच्चले दियो प्रकाण्डलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं, साउन २८ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई हिरासतमा राख्नुको कारण बन्दीसहित उपस्थित गर्न आदेश दिएको छ।

गैरकानुनी रुपमा प्रकाण्डलाई थुनामा राखेको भन्दै नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको इजलासले यस्तो आदेश दिएको हो।

सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो। आइतवार थप दुई दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौँले म्याद दिएको छ।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट केही दिनअघि पक्राउ गरिएको थियो ।

उनले ७ करोड रुपैयाँ चन्दा संकलन गरेका थिए भने उनको खातामा अहिले पनि २ करोड रुपैयाँ देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *