जिल्ला कारागारबाट कैदी फरार

भद्रपुर, साउन २८ । जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् ।

गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताए ।

उनका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सिसी क्यामेराले देखिएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ ।रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *