सम्पर्कमा आए मतदान अधिकृत
२०७४ जेठ १५ गते

मंसिर १२, बाजुरा । बाजुराको जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन् ।
सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन हुनुभएको थियो । मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उहाँको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
अधिकृत गिरी केहीबेर अघि सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए । मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








