अष्ट्रेलियाबारे ग्लोबल टचको ‘अस्ट्रेलियन एजुकेसन सेमिनार’ सम्पन्न

विर्तामोड, साउन २८ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै ग्लोबल टच एजुकेशनले एक दिने सेमिनार सम्पन्न गरेको छ ।

वैदेशिक अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले त्यहाँको अवस्थाबारे राम्रोसँग बुझेर मात्र अस्ट्रेलिया जाउन भन्ने हेतुले विभिन्न कलेजसँगको समन्वयमा विर्तामोडस्थित ग्लोबल टच एजुकेशनले आइतबार एक दिने अस्ट्रेलियन एजुकेसन सेमिनार सम्पन्न गरेको हो ।

सेमिनारमा ग्लोबल टच एजुकेशनका कन्ट्री हेड दिपक गुरुङले नेपाली लगानीकर्ताहरुको समेत लगानी रहेको तथा नेपालीहरुले सञ्चालन गरेको अष्ट्रेलियाको रान्सफोर्ड कलेजले यस वर्ष ६ सय नेपाली विद्यार्थीका लागि कोटा प्रदान गर्ने बताए ।

कम्प्युटर साइन्स, एकाउन्टिङ, नर्सिङ, बिजनेस लगायतका बिषयमा अध्ययन गराइने सो कलेजमा हाल ७५० भन्दा बढी विद्यार्थी अध्यनरत रहको गुरुङले जानकारी दिए । सो कलेज सन् २०१७ बाट मेलबर्नमा सञ्चालनमा आएको उनले बताए ।

सेमिनारमा ८० भन्दा बढी विद्यार्थी सहभागीता रहेको सेमिनारमा अस्ट्रेलिया गएर पढ्ने इच्छा भएका विद्यार्थीका लागि उक्त कलेजमा उपयुक्त वातावरण र कलेज शुल्क सहज रहेको गुरुङले बताए ।

शिक्षाको लागि अस्ट्रेलिया विश्वमै राम्रो भएकोे बताउँदै उनले भने, ‘अहिले विद्यार्थीहरु पढ्नका लागि भन्दा पनि कमाउनका लागि अस्ट्रेलिया जाने क्रम बढेको छ, तर राम्रो पढ्नेले मात्रै त्यहाँ कमाउन सक्छन् ।’

ग्लोबल टच एजुकेशनले यो महिना मात्र चार पटक सेमिनारको आयोजना गरी ५०० भन्दा बढी विद्यार्थीलाई अस्ट्रेलियाबारे परामर्श प्रदान गरिसकेको संस्थाका प्रमुख गौतमले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =