साहित्यकार यज्ञनिधिको पार्थिव शरीर मण्डिखाटारमा, शव त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने

काठमाडौं,  साउन २६ । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि काठमाडौंको मण्डिखाटारमा रहेको घरमा राखिएको छ ।

दाहालकी श्रीमती सुदा र आमाले सेतो कपडा ओढाएपछि उनकाे शव श्रद्धाञ्जलीको लागि राखिएको हो । श्रद्धाञ्जलीको लागि दुई घण्टा घरमा राखेपछि दाहालको इच्छा अनुसार नै दिउँसो १२ बजे उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई हस्तान्तरण गर्ने तयारी छ ।

यस्तै श्रद्धाञ्जलीमा राखिएकाे दाहालको शवमा अबिर र फूलमाला नचढाउन पनि आफन्तले आग्रह गरेका छन् । दाहालको इच्छा अनुसार नै फूलमाला नचढाउन आग्रह गरेको उनीहरुले बताएका छन् ।

गएको बुधबार बिहान खाना खाएर धारामा थाल राखेर फर्कने क्रममा उनी लडेका थिए । लडेपछि उनको टाउकोमा रगत जमेको थियो । दुवै मृगौला खराब भएका दाहाल यज्ञनिधिले डायलाइसिस गरिरहेका कारण उनको मष्तिस्कको शल्यक्रिया गर्न सकिएको थिएन ।

दुई दिन काठमाडाैंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरेपछि उनलाई हिजो ललितपुरको सुमेरु अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा उनको सुमेरु अस्पतालमा हिजो निधन भएको हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *