माले महासचिव मैनालीको नेतृत्वमा अर्काे गठबन्धन निर्माण

कात्तिक २३, काठमाडौँ । नेकपा (माले)का महासचिव सिपी मैनालीको नेतृत्वमा साना दल तथा समुहहरु सम्मिलित प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको छ । गठबन्धनमा माले, जनसमाजवादी पार्टी तथा फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी नेपाल, नेकपा (एमाले) तथा नेपाली काँग्रेस परित्याग गरेका नेता कार्यकर्ता सम्मिलित छन् ।

मैनालीको नेतृत्वमा रहेको नवगठित प्रगतिशील लोकतान्त्रिक गठबन्धनमा जनसमाजवादी पार्टीका अध्यक्ष सुभाष काफले, नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय उपाध्यक्ष धिरेन्द्र झा, केन्द्रीय सदस्य दीपककुमार लाभ, राजपा पर्साका सत्यनारायण रौनियार, जिल्ला उपाध्यक्ष सन्तोषकुमार साह, सो पार्टीको पर्सा जिल्ला महिला संगठनका अध्यक्ष अनिता रौनियार, एमाले बाराका सदस्य शिवनाथ महतो, नयाँ शक्ति पार्टी नेपालका किसुन राउत अहित तथा तरुण दल जिल्ला सदस्य जितेन्द्रकुमार सिंह आबद्ध भएका छन् ।

महासचिव मैनालीले मुलुकको आर्थिक विकासका लागि भन्दा पनि सत्ता स्वार्थका लागि वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाएको आरोप लगाउँदै ती गठबन्धनबाट देशको हित नहुने भएकाले आफूहरुले प्रगतिशील गठबन्धन निर्माण गरेको दाबी गरे ।

प्रगतिशील गठबन्धनका तर्फबाट जारी विज्ञप्तिमा पनि आफ्नो स्वार्थ मात्र हेर्ने संकीर्ण नीतिबाट आजित भएर आफूहरुले नयाँ गठबन्धन बनाएको उल्लेख छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =