आजदेखि रात्रिकालीन यातायात बन्द
२०७४ जेठ १५ गते

पुस १८, नारायणगढ । नारायणगढ–मुग्लिन सडकखन्डमा आजदेखि रातीमा यातायात बन्द गरिने भएको छ ।
सडक विस्तारको काम भइरहेको उक्त सडकखन्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने भएको हो ।

काममा सन्तोषजनक प्रगति भएको नपाइएपछि कामलाई तीव्रता दिन यातायात रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय भरतपुरमा सम्पन्न सरोकारवालाहरुको बैठकले राति पाँच घण्टा र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने निर्णय यसअघि गरेको थियो ।
रातीको समयमा भित्तो काट्ने, सम्याउनलगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि बढाउने बताइएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








