उम्मेदवारका आकाङ्क्षी मृत फेला

धनुषा, ११ भदौ । बटेश्वर गाउँपालिका– ३ का नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षका आकाङ्क्षी ४७ वर्षीय रामएकवाल महतो आफ्नै घरमा मृत फेला परेका छन् ।

महतो सुत्ने कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो । स्थानीय माओवादी नेता रामकुमार महतोका अनुसार महतो निर्वाचनको तयारीका लागि शनिबार अबेर रातिसम्म स्थानीय नेतासँगै छलफलमा हुनुहुन्थ्यो ।

राति १२ बजे सुत्न घर जानुभएका महतो आज बिहान कोठमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =