करकापमा गर्भपतन गराएमा जरिवानासहित पाँच वर्षसम्म कैद सजाय

काठमाडौँ, साउन २५ । अब करकापमा गर्भपतन गराएमा पाँच वर्षसम्मको कैद सजाय हुने भएको छ । सरकारले हालै मात्र संसदमा पेश गराएको विधेयकमा करकापमा गर्भपतन गराएमा पाँच वर्ष कैद सजाय हुने उल्लेख गरिएको छ ।

विधेयक अनुसार करकापमा गर्भपतन गराएमा मुलुकी अपराध संहिताको दफा १८८ बमोजिम कारबाही हुनेछ ।

संहिता अनुसार १२ हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । १२ हप्ताभन्दा बढी २५ हप्तासम्मको गर्भ भएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

२५ हप्ताभन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

त्यस्तै लिङ्ग पहिचान गरी गर्भपतन गर्ने वा गराउनेलाई पनि तीन महिनादेखि ६ महिनासम्म कैद हुनेछ । लिङ्ग पहिचान र लिङ्ग पहिचान पछिको गर्भपतन दुबै दण्डनीय हुने जनाइएको छ ।

यस्तै, प्रसूति सेवाबाट इन्कार गरेमा, उपचार सम्भव हुँदाहुँदै अन्य स्वास्थ्य संस्थामा रिफर गरेमा पनि कसुर हुनेछ । यस्ता कसुरमा ६ महिनासम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ । कसुर हेरी दुवै सजाय पनि हुन सक्नेछ। जन्मको प्रमाणपत्र नदिएमा कसुरदारलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *