सत्तारुढ दल कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, माघ ४ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन लगायतको विषयमा छलफल हुने कांग्रेस केन्द्रीय सदस्य तथा बाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र केन्द्रीय समिति बैठक र पार्टीको महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । बैठकमा निर्वाचनमा पार्टीको पराजयलगायत विषयमा छलफल तथा समिक्षा समेत हुनेछ ।

निर्वाचनपछि पार्टीमा विशेष गरी संगठन सुदृढीकरणका लागि विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =