पर्यटन ब्यवसायी श्रेष्ठको निधन

जेठ, १६ काठमाडौँ । होटेल व्यवसायीहरुको छाता सङ्गठन होटेल एशोसिएशन नेपाल (हान) का निवर्तमान अध्यक्ष बीके श्रेष्ठको निधन भएको छ । लाजिम्पाटस्थित पाँचतारे होटेल ¥याडिसनका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठको आज बिहान ६८ वर्षको उमेरमा भैंसेपाटी स्थित आफ्नै निवासमा निधन भएको हो ।
४० वर्षदेखि पर्यटन उद्योगमा सक्रिय रहेका श्रेष्ठले चार दशकअघि हिमालयन ट्राभलको ट्राभल एजेन्सी स्थापना गरेर पर्यटन क्षेत्रमा हात हालेका थिए । त्यही ट्राभल कम्पनीमार्फत् सफलता हात पार्दै उनी होटेल व्यवसायतर्फ लागेका थिए । श्रेष्ठले स्थापना गरेको ¥याडिसन काठमाडौँका उत्कृष्ट पाँचतारे होटेल मध्येमा एक पर्दछ । क्यान्सर रोगबाट संक्रमित श्रेष्ठको अस्पतालमा सघन उपचारपछि चिकित्सकले निवासमै उपचार गर्दै आएका थिए ।
श्रेष्ठ होटेल एशोसिएशन अफ नेपालमा सन् २०१४ देखि २०१६ सम्म अध्यक्ष थिए । श्रेष्ठका श्रीमती र तीन छोरी छन् । जेठी छोरी अमेरिकामा छिन् । माइली छोरीले ¥याडिसनको व्यवस्थापन हेर्दै आएकी छिन् । कान्छी छोरी काठमाडौँमै अध्ययनरत छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =