नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत खरिद सम्झौता

काठमाडौँ, साउन २४ । नेपाल विद्युत प्राधिकरणले ५ मेगावाटको बेलतारा सोलार आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धि कार्यविधि २०७४’ अनुसार तनहुँमा निर्माण हुने आयोजनाको प्रतियुनिट ७.३० रुपैयाँमा पिपिए गरिएको हो ।

मन्त्रालयको कार्यविधि कार्यान्वयन भएपछि प्राधिकरणले पहिलो पटक निजी क्षेत्रले निर्माण गर्ने सोलार आयोजनाको पिपिए गरेको हो । पिपिएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सोलार फार्म प्रालिका प्रबन्धक तिलबहादुर आलेले हस्ताक्षर गरे ।

६० करोड रुपैयाँ लागतमा २०७६ साउनभित्र सोलार आयोजना राष्ट्रिय प्रणालीमा जडान गरिनेछ । सरकारले आगामी १० वर्षभित्र सोलारबाट ९ सय मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेको छ ।

पिपिए प्रक्रियामा रहेका ३१ मेगावाटका ३ सोलार आयोजनाको पनि चाँडै पिपिए हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *