फेसबुकले ल्यायो यस्तो नयाँ फिचर
२०७४ जेठ १५ गते

एजेन्सी । फेसबुकले आफ्नो न्यूज फिडमा पूर्ण परिवर्तन गरेको छ । प्रयोगकर्ताको सहजता र नयाँ नयाँ सुविधा ल्याउने क्रममा कम्पनीले यसमा केही फरकपन ल्याएको हो । न्यूज फिडमा आएको यो परिवर्तन पछि अब फेसबुकको ‘इन्टरफेस’ पहिलेभन्दा सफा देखिनेछ ।
हेडरबाट निलो रङ केही कम गरिएको छ । भने, प्रोफाइल पिक्चरमा पनि परिवर्तन गरिएको छ । अब फेसबुकको प्रोफाइल पिक्चर ट्वीटरकै जस्तो गोलाकार रुपमा देखिनेछ ।

फेसबुकको कमेन्ट बक्स पनि केही फेरिएको देख्न सकिन्छ । पहिले त्यहाँ ‘लोड प्रिभियस कमेन्ट्स’ आउँथ्यो भने अब ‘भ्यू प्रिभियस कमेन्ट्स’ आउँछ । यस बाहेक कम्पनीले आइकन, लाइक, कमेन्ट र सेयर बटनलाई नयाँ डिजाइन दिएको छ ।
कम्पनीले आफ्नो ब्लग पोस्टमा यी सबै परिवर्तनबारे घोषणा गरेको छ । यी फिचर विस्तारै सबै प्रयोगकर्ताको एकाउन्टमा अपडेट हुँदै जाने कम्पनीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








