देउवा असफल, पौडेल अयोग्य, अबका काँग्रेस सभापति डा. शेखर

नेपालको राजनैतिक इतिहास लगभग ७० वर्षदेखि एकछत्र आफ्नो बलियो पकड राख्दै आएको नेपाली काङ्ग्रेसले पछिल्ला दिनहरूमा नेतृत्वको गलत कार्यशैली र ढोगी प्रवृत्तिले गर्दा नराम्रो क्षति र आलोचना ब्यहोर्दै आइरहेको छ ।

२००७ साल, ०३६ साल, ०४६ साल हुँदै ६२र६३ को ऐतिहासिक जन अन्दोलनको समेत नेतृत्व गर्दै राष्ट्रिय स्वाभिमान र सार्वभौम सत्ताको रक्षाका लागि मेरुदण्डको काम गरेको इतिहास साक्षी छ।


१२ बुदे समझधारी मार्फत हिंसात्मक जनयुद्धमा लागेर जङ्गल पसेका माओबादीहरुलाई शान्तिपूर्ण राजनीतिक बाटोमा फर्काउने कार्यमा होसा या अन्य मुलुकका महत्त्वपूर्ण राजनीतिक घटनाक्रममा होस सबैलाई मिलाएर अगाडी बढ्ने कार्यको संयोजक काँग्रेस नै रहेको सर्बबिदितै छ । जब मुलुकमा सङ्कटमा पर्दै जान्छ तब काङ्ग्रेसले नै समाधानको विकल्प खोजेको हुन्छ, अन्तयमा समाधान गरेरै छाडेका इतिहास साक्षी छन् । एमाले, माओवादी, राप्रपा लगायत अन्य दल भनेका बहुदलिय व्यवस्था अनुरूप कोटा पुर्ती मात्रै हुन न कुनै दल को स्पष्ट नेपाल प्रतिको नीति नै छ न ती नेता हरुमा मानबियता र नैतिकता नै छन्। केवल सत्ता स्वार्थ र कटुआलोचना सिवाय:।

यति ठुलो बिरासत बोकेको विपी कोइरालाको पार्टी १३ औँ महाधिवेशन पछाडि ठुलो आलोचनाको दुर्गन्ध र संस्थागत सङ्कटमा बदनियत पूर्ण तरिकाले फस्दै गैरहेको छ। जुन किसिमको अपेक्षाले महाधिवेशन सम्पन्न भएको थियो, त्यो अनुरूप सङ्गठन सञ्चालन नहुदा अझै सम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन भने आबद्ध भातृसङठनहरु निकम्बा अवस्थामा छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा भएका कमजोरीहरुलाई दह्रोसंग दबाबमुलक ढङ्गले हटाउन नसकेको देखिईसकेको छ ।

गुटको बुइ चढेर अनि भारतको सेवा गरेर ४ पटक प्रधानमन्त्री समेत भैसकेका देउवाको गैरजिम्मेवार पूर्ण निर्णयले सङ्गठन धारासायी बनी सकेको छ । उनको सभापतिको डेढ बर्से कार्यकालमा आफू नजिकका आसेपासे चित्त बुझाउनु र अलोकपृय निर्णय गरी पार्टी बदनाम गराउनु सिवायकेही रहेन, उनको आँखामा खाली सत्ता र गुट जोगाउने मात्रै देखियो तर काङ्ग्रेस भड्खालोमा गएको देखिएन । त्यसैले देउवा अब काङ्ग्रेसका लागि अयोग्य ठहरी सकेका छन्।
उता वरिष्ठ नेता रामचन्द्र पौडेल शारीरिक र मानसिक रूपमा समेत कम्जोर अनि खरो निर्णय लिन रोगी साबित भैसकेको छन्, जसको फाइदा सिधै देउवाले उठाई रहेका छन्, त्यसैले अब काङ्ग्रेसलाई माया गर्ने विपीवादी जनता र कार्यकर्ताले अब काङ्ग्रेसको नेतृत्वको विकल्पमा डा. शेखर कोइराला माथि आशाराखेका छन्।

कोइरालाले १३ औँ महाधिवेशनमा सर्वाधिक मत पाए पनि आज सम्म कुनै सांगठानिक शक्ति सञ्चालन अङ्गमा लोभ गरेनन्, न त गठबन्धन सरकारमा मन्त्री कै लागि र्‍याल चुहाए। बरु आफ्नो सारा धन र जीवन गाउँ गाउँ मा काङ्ग्रेस खोज्ने अभियानमा खर्चिरहेको संसारले देखेको छ। दोस्रो स्थानीय तहको चुनावमा बिराटनगरको मेयर जिताउत धेरै नै मेहनत गरेका कोइराला फेरि बिनास कारी बाढीले क्षत बिक्षत बनाएका २४ जिल्लाका जनताको घर दैलोमा सबैभन्दा पहिले सेनाको हेलिकप्टेर चढेरराहत बोकेर पुगेका थिए। त्यतिमात्र होइन उनी पेसाले बिरामी जाँच्ने डाक्टर पनि भएकाले बिरामीको उपचारमा आफ्नो ज्ञान र समय पनि खर्चिएर धेरै जनताको ज्यान बचाएका थिए। यस्तै उदाहरणिय मानवीय कार्यले गर्दा डा.कोइरालाको चर्चा एका एक चुलिएको छ भने देशबासीले विपी ज्युँदै रहेछन् भन्ने आभास गर्दैछन्।

सुजता, शशांक र शेखरको भेटघाटलाई लिएर काङ्ग्रेस बृतमा खैलाबैला मच्छिएको छ यो स्वभाविक पनि हो र अबको काङ्ग्रेसको आवश्यकता पनि हो। तर कोइराला थर एउटा लिगेसी भए पनि यसलाई गलत व्याख्या गर्नु हुँदैन । कोइराला थर धेरैको हुन सक्छ तर सबै शेखर कोइराला जस्तो हुदैनन्। उहाँसग राष्ट्र र जनता प्रतिको दुःख बुझ्ने क्षमता छ।आफ्नै क्षमता ले नै आज जन जनको मनमा छाएका छन्। त्यसैले आगामी चुनाव जिताउन काङ्ग्रेसमा देउवा भन्दा धेरै महत्त्वपूर्ण भूमिका शेखरको रहनेछ यसैलाई टेकेर देउवा र पौडेलको विकल्पमा शेखर कोइराला १४ धौ महाधिवेशनबाट सभापति हुने विश्वास जनताले गरिसकेका छन्। यसकालागि समग्र विपी बादी देश र काङ्ग्रेसलाई माया गर्ने कार्यकर्ताले डा. शेखर जस्ता प्रभावशाली र दूरदर्शी नेतालाई एक पटक हैँसे गर्नुपर्ने आवश्यक खड्किएको म जस्ता काँग्रेसलाई माया गर्ने साधारण जनतालाई भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 13 =