जुम्लाको मतगणना अपडेट : जालीभित्र बसेका कर्मचारीहरूलाई कार्यकर्ताहरूले आँखा नझिम्क्याइँ हेर्दै (भिडियोसहित)

ईश्वर प्रसाद देवकोटा

जुम्ला, मङ्सिर २१ । मतगणना भवन भित्र, बाहिरले मात्र सुरक्षा व्यवस्था फितलो भएपछि तार जाली बारेर त्यसभित्र रहेर जुम्लामा कर्मचारीहरुले ढुक्कले मतगणना सुरु गरेका छन् ।

प्रतिनिधि र प्रदेश सभाको पहिलो चरणको निर्वाचन आज साँझ ५ बजेबाट धमाधम मतगणना सुरु भएको छ ।
बाहिर र भित्र दुई तीरको सुरक्षाकर्मी र तार जाली भित्र बसेर कर्मचारीहरुले धमाधम मतगणना गरिरहेका छन् ।

गत मङ्सिर १० गते सम्पन्न निर्वाचनको मतगणना ११ दिनपछि भइरहेको छ । मतगणनाका लागि जाली भित्र मत पेटिकाहरु पुर्याइएको छ भने दलका प्रतिनिधिलाई जाली बाहिरबाट हेर्ने व्यवस्था मिलाइएको छ । तार जाली बाहिर रहेका सबै दलका प्रतिनिधिहरूले ध्यानपूर्वक मत गणना गरिरहेका कर्मचारीहरूको हातमा हेरिरहेका छन् ।

मत गणना पूर्वको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://youtu.be/54rBXdCUERk

 

जुम्लामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार गजेन्द्र महत तथा प्रदेशसभा ‘क’का उम्मेदवार नरेश भण्डारी र ‘ख’ मा पदम रोकाया छन् । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधसभामा देवेन्द्र शाही तथा प्रदेशसभा ‘क’ का उम्मेदवार राजुसिह कठायत र ‘ख’भिमनिधप हमाल चुनावी मैदानमा छन् ।

पहिलो चरणमा निर्वाचन भएका जुम्ला सहित अधिकांश जिल्लामा मतगणना आजै सुरु हुने निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =