नेकपाका नेता–कार्यकर्तामा अन्योल, भावनात्मक एकता अझै देखिएन

काठमाडौं, साउन २२ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको दुई महिना बितिसक्दा पनि पार्टीका नेता–कार्यकर्ताको मन भने एक हुन सकेको छैन ।

पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई सचिवालय कार्यालय र कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयलाई जनवर्गीय संगठनको कार्यालयका रुपमा निर्धारण गरिए पनि अहिले पनि दुवै कार्यालयलाई पार्टीका नेता कार्यकर्ताले साझा भने मान्न सकिरहेको देखिँदैन ।

पार्टीको धुम्बाराहीस्थित कार्यालय पुग्दा पूर्व एमाले निकट नेता कार्यकर्ताको उपस्थिति देखिन्छ भने पेरिसडाँडामा पूर्व माओवादी केन्द्र निकट नेता कार्यकर्ताको उपस्थिति बाक्लो देखिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *