संकटालाई संकट, एपीएफ एक गोलले विजयी

पोखरा, माघ ११ । १६औँ आहा रारा गोल्डकपको अन्र्तरगत भएको तेस्रो प्रिक्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सिएमजी संकटालाई १–० गोल अन्तरले पराजित गरी क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार पोखरा रंगशालामा भएको तेस्रो प्रि–क्वाटर फाईनल खेलमा आदित्य चौधरीले खेलको २८ औं मिनेटको फ्री किकमा गोल गरेपछि एपीएफ विजयी भएको हो ।

संकटाका विदेशी खेलाडी कोओरा लार्वा फ्लोरेन्ट कोनेले एपिएफका खेलाडी रञ्जन विष्टलाई लडाएपछि रेफ्री श्रवण लामाले कोनेलाई पहेलो कार्ड देखाउँदै एपिएफका लागि फ्री किकको अवसर प्रदान गरेका थिए । चौधरीले १८ यार्ड परबाट प्रहार गरेको बल क्रस बारमा लागि पोष्ट भित्र गोल भएको हो ।

चौथो पटक आहा रारा गोल्डकपमा सहभागी सिएमजी संकटाले यस अघि उपविजेतासम्मको यात्रा तय गरेको थियो । एपिएफको यो ११ औ सहभागीता हो । चौधरीले खेलको म्यान अफ द म्याचको उपाधी भए । खेलको पहिलो हाफमा संकटाले गोल गर्ने झण्डै आधी दर्जन अवसर गोलमा परिणत गर्न सकेन । तर फिनिसिङमा कम्जोरी हुँदा संकटा पहिलो खेलबाटै बाहिरिन पुगेको थियो ।

खेलको ७३ औं मिनेटमा संकटाका सरोज दाहालले पोष्ट नजिक पाएको बल हेड मार्फत गोल गर्न खोजे पनि उनको प्रयास सफल हुन सकेन । लगत्तै संकटाकै प्रकाश बुढाथोकीले मिलाइदिएको पास बलमा रुपेस केसीले हानेको प्रहारमा पनि बलले पोष्टको दिशा लिन सकेन । शुक्रबार नेपाल पुलिस क्लब र झापा ११ वीच खेल हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *