चार वर्षदेखि सम्पर्कविहीन गंगामायाका छोरा प्रहरी नियन्त्रणमा
२०७४ जेठ १५ गते

“
काठमाडौँ, साउन २० । वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीका छोरा नुरप्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार करिब ११ बजेतिर ललितपुरको सानेपाबाट नूरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामायालाई बुझाएको हो ।
२०६१ सालमा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गंगामाया र नन्दप्रसाद अधिकारी अनसनमा बसेका थिए ।
अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि गंगामाया एक्लैले अनसनलाई निरन्तरता दिँदै आएकी छिन्।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








