“””अब आन्दोलनको आँधीहुरी ल्याउँछौँ”” – काँग्रेस सभापति देउवा”

काठमाडौं, साउन २० । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक संघर्ष गर्ने चेतावनी दिएका छन् ।

कांग्रेसका सभापति देउवाले टेलिफोन मार्फत् संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्रीलाई सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिएका हुन् ।

गोप्य स्रोतका अनुसार देउवाले प्रधानमन्त्री ओलीसँग आज विहान टेलिफोनमा संक्षिप्त कुराकानी गरेर यसैगरि पेलेर अघि बढ्ने हो भने कांग्रेसले सडक संघर्ष गर्ने चेतावनी दिएका थिए ।

देउवाको ओलीसँगको सम्वादबारे जानकारी दिँदै स्रोतले भन्यो,‘प्रधानमन्त्रीज्यू तपाईको नियत गलत छ, म अब चुप लागेर बस्दिन् । यस्तै हो भने कांग्रेसले अब आन्दोलनको आँधीहुरी ल्याउँछु ।’

सभापति देउवाले आजै विहान पार्टीका आफूनिकट नेताहरुलाई निवासमा बोलाएर छलफल समेत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *