मन्त्रीपरिषद बैठक: के–के भए बैठकका निर्णय ?

काठमाडौँ, साउन २० । प्रधानमन्त्री तथा मन्त्रीपरिषद बैठकले नेपाल नागरिक ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहित ७ वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ ।

आइतबार सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले सात वटा विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको हो ।

आजको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयअनुसार भुक्तानी तथा फछयौंट विधेयक, २०७५, सुरक्षित मातृत्व तथा प्रजनन अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, वातावरण संरक्षण पहिलो संशोधन विधेयक, २०७५, उपभोक्ता हित संरक्षणसम्बन्धमा संशोधन गर्न बनेको विधयेक संसदमा पेश गरिनेछ ।

मन्त्रिपरिषद बैठकले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धि विधेयक, संकाटापन्न बन्यजन्तु तथा बनस्पतिहरुको व्यापार नियन्त्रण पहिलो संशोधनसम्बन्धि विधेयक पनि संसद पेश गर्ने निर्णय गरेको निर्णय गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले आगामी असोज ३ गते भित्र संविधानमा व्यवस्था गरिए बमोजिम मौलिक हकसम्बन्धि कानुन निर्माण गरिसक्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *