कास्कीका तीनै जना काँग्रेसका प्रतिनिधि सभाका उमेदवारले मतदान गरे

नरहरि पौड्याल
मंसिर २१, पोखरा । दोस्रो चरण अन्तरगत कास्कीमा सञ्चालन भईरहेको निर्वाचनमा प्रतिनिधि सभामा उमेदवारहरुले बतदान गरिसकेका छन्।
काँग्रेसका क्षेत्र नम्वर १ का उमेदवार यज्ञबहादुर थापाले बेगनास मतदान केन्द्रबाट मतदान गरेका छन् । त्यसैगरी क्षेत्र नम्वर २ का उमेदवार देवराज चालिसेले पोखरा महानगरपालिका वडानम्वर ८ को श्रीराम प्रावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
त्यसैगरी कास्कीको क्षेत्र नम्वर ३ बाट काँग्रसका उमेदवार बनेका शुक्रराज शर्माले करिव १ बजे मात्र मतदान गरेका छन्। उनले अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को शितला सामुदायिक माबिमा रहेको मतदान केन्द्रबाट मतदान गरेको पत्रकार राजबहादुर गुरुङले जानकारी दिएका छन्।
बाम गठबन्धन र काँग्रेसको तर्फका उमेदवारहरुले मतदान गरेका हुन्। बाम गठबन्धनको तर्फबाट उमेदवार बनेका साझा उमेदवारहरु खगराज अधिकारी,रविन्द्र अधिकारी र जगत विश्वकर्माले बिहानै १० बजे अगाडिनै मतदानमा सहभागि भएका थिए।
करिव १ बजे सम्म जिल्लाका सवै मतदान केन्द्रहरुमा शौहार्दपूर्ण वातावरणमा निर्वाचन चलिरहेको छ। कास्कीमा तीन वटा क्षेत्र रहेका छन । क्षेत्र नम्बर एकमा रुपा, मादी गाउँ पालिका सहित पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ रहेकाछन । ९६ हजार ८४ जना क्षेत्र नम्बर उमा मतदाता रहेका छन ।
कास्की क्षेत्र नम्बर २ मा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेकाछन । उक्त वडामा ७० हजार ६ सय ५१ मतदाता रहेकाछन।








