जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने

काठमाडौं, मंसिर ७ । जिम्बावेका पूर्वउपराष्ट्रपति एमर्सन मनाङ्गाग्वा नयाँ राष्ट्रपति बन्ने निश्चित भएको छ । बिबिसीका अनुसार जिम्बाबेका सभामुखले भोलि एमर्सनलाई नयाँ राष्ट्रपतिको रुपमा सपथ दिलाइने बताउनुभएको छ ।

सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गाग्वा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको बाँकी कार्यकाल सम्हाल्ने जनाएको छ । राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि सत्तारुढ दलले मुगाबेको बाँकी कार्यकाल मनाङ्गाग्वालाई सुम्पने निर्णय गरेको हो ।

यसअघि मुगाबेले मनाङ्गाग्वालाई उपराष्ट्रपतिबाट बर्खास्त गर्नुभएको थियो । त्यसपछि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । जिम्बावेका सरकारी सञ्चार माध्यमका अनुसार ७१ वर्षीय मनाङ्गाग्वाको शपथ ग्रहण कार्यक्रम भोलीका लागि तय गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 11 =