सुरक्षा कारबाहीमा १०१ जना तालिवान विद्रोहीको मृत्यु

अफगानिस्तान, ८ भदौ । अफगानिस्तानको १८ विभिन्न राज्यमा विगत २४ घण्टाको अन्तरालमा गरिएका सुरक्षा कारबाहीमा १०१ जनाको मृत्यु भएको अफगानी सेनाले बिहीबार जनाएको छ ।

घटनामा ४१ जना घाइते भएका छन् । अफगानी राष्ट्रिय सेनाले प्रहरी र गुप्तचर सेवाका अधिकारीको सहयोगमा १७ ठाउँमा विद्रोही विरुद्धको अभियान चलाएकोमा १०१ जनाको मृत्यु भएको र ४१ जना घाइते भएका अफगान रक्षा मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मृत्यु हुनेमा एक जना उच्च तहका तालिवान नेता र सात जना विशेष तालिम प्राप्त तालिवानी लडाकू रहेका विज्ञप्तिमा जनाइएको छ ।

कारबाहीका क्रममा सेनाले ६३ वटा एम्बुस राख्न प्रयोग गरिने खालका ठूला विष्पोटक पदार्थ नियन्त्रणमा लिई निष्क्रिय पारेको जनाइएको छ । सेनाले कारबाहीका क्रममा १४ राउण्ड हवाई आक्रमण गरेको थियो ।

घटनाबारे विद्रोहीको तर्फबाट अझै कुनै प्रतिक्रिया आइसकेको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =