सानिमा लाईफ इन्स्योरेन्स र मेगा बैैंकबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौँ, साउन १८ । सानिमा लाईफ इन्स्योरेन्स लि. र मेगा बैंक लिमिटेडबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ ।

एक कार्यक्रमकाबीच कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशव राज के.सी. तथा बैकका तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार ग्राहकहरुले मेगा बैँकका सम्पूर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवनबीमा सेवा उपभोग गर्न सक्ने छन् ।

सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत स्थापना भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैर आवासीय नेपालीहरु (NRN) द्धारा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको प्रवद्र्धन गरिएको छ । उनीहरुबाट जलविद्युत, वित्तिय क्षेत्र, बैकिङ्ग तथा पर्यटन क्षेत्र (होटल) आदीमा लगानी भएको छ ।

सानिमा बैंकको अत्याधिक लगानी रहेको यस कम्पनीले नेपालीहरुको जीवन वीमा गराई आर्थिक सुरक्षा प्रर्दान गरि सामाजिक दायित्व वहन गर्दै, जनतामा वचत गर्ने बानीको विकास गर्नुको साथै उद्योग, व्यवसाय रोजगारीको लागि विभिन्न मुलुकमा रहेका उद्यमी, पेशाकर्मी तथा वैदेशिक रोजगारमा लागेका व्यक्तिहरुलाई समेत जीवन वीमाको दायरामा ल्याइ बचत तथा आर्थिक सुरक्षा प्रदान गरिने सानिमा लाईफ इन्स्योरेन्सले जनाएको छ ।

दूरदराजमा छरिएर रहेको रकमलाई बीमा शुल्कको रुपमा संकलन गरी नियमनकारी निकायको लगानी
निर्देशिका बमोजिम अत्याधिक प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गरी वीमितहरुलाई अत्याधिक प्रतिफल दिने सानिमा इन्स्योरेन्सको मुख्य उद्देश्य रहेको छ । यस कम्पनीले शाखा सञ्जाल विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको सानिमा इन्स्योरेन्सका नायव महाप्रबन्धक केशव राज केसीले बताए ।

पूँजी संरचना
१. अधिकृत पूँजी: ३ अर्ब
२. जारी पूँजी: २ अर्ब
३.चुक्तापूँजी: १ अर्ब ४० करोड

जारी पूँजीको ३०५ अर्थात रु ६० करोड निकट भविष्यमा सर्वसाधारणमा शेयर बिक्री गरी चुक्तापुँजी रु.२ अर्ब कायम गरिने सानिमा इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *