धरानमा शुक्रबार देखि ‘खाद्य मेला’ 

धरान, माघ ९ । नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय कार्यालय विराटनगरले सुनसरीको धरानमा पहिलो पटक पोषिला खाद्य परिकारका बारेमा प्रचार गर्ने उद्देश्यले यही माघ १२ गतेदेखी १४ गते सम्म खाद्य मेला गर्ने भएको छ ।

‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’ भन्ने नाराका साथ सुरु हुने मेलामा कृषि उद्यम केन्द्र र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको समेत सहयोग रहने विभागले जनाएको छ ।

धरानको पब्लिक उच्च माबिको खेल मैदानमा बिहान १० देखि साँझ ६ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने उक्त मेलामा विभिन्न जातजातिका परम्परागत परिकार राखिने कार्यालयले जनाएको छ । मेलामा विभिन्न संघसंस्थाका जानकारी मूलक ६० वटा स्टल रहनेछन् ।

मेलामा विभिन्न अनुसन्धानबाट विकसित नयाँ तथा स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषणसम्बन्धी सूचना प्राप्त गर्न सकिनेछ ।

खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषण सम्बन्धी खाद्य वस्तुका परिकार प्रदर्शनी एवम् बिक्री समेत गरिने मेला संयोजक तथा खाद्यय अनुसन्धान अधिकृत पुष्पलाल राईले जानकारी दिए ।

स्थानीय स्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी हुने विभागका प्रमुख प्रमोद कोईरालाले बताए ।

मेलामा विभिन्न जाति, जनजातिका परम्परागत संस्कृति झल्काउने झाकी तथा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम समेत गरिनेछ । जसमा स्थानीय स्तरका डान्स सेन्टर गरीमा डान्स सेन्टर,राष्ट्रिय कलाकार तथा प्रथम नेपाली तारा दिपक लिम्बु र स्थानीइ बिद्यालयहरुका बिद्यार्थीहरुले समेत सास्कृतिक प्रस्तुती दिने कोईरालाले जानकारी दिए ।

मेलामा निशुल्क स्टलहरु राख्निुका साथै उत्कृष्ट स्टललाई मुल्याङकनका हिसाबले पुरस्कारको समेत ब्यवस्था गरिएको छ । जसमा प्रथम हुने लाई १६ हजार,दोश्रोलाई १२ हजार तेश्रोलाई ८ हजार र चौथोलाई ४ हजार प्रदान गरिनेछ ।

सुनसरी जिल्लामा पहिलो पटक हुन लागेको यस प्रकारको मेला यस अघि ओखलढुगा,तेह्थुम र बिराटनगरमा भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =