“””भारत”” मा कैटरिनाको इन्ट्रि, सलमानलाई मिल्यो साथ”

प्रियंका चोपडाले भारत छोडेपछि अब कैटरिना कैफको इन्ट्रि हुने भएको छ । प्रियंका आउट भएपछि बलिउडका सुपरस्टार अभिनेता सलमान खानलाई स्टार अभिनेत्री कैटरिना कैफको साथ मिलेको हो ।

खान अभिनित चलचित्र ‘भारत’बाट प्रियंका चोपडा बाहिरिएपछि कैटरिना कैफ भित्रिएकी हुन् । केही समयअघि नै प्रियंकाले हलिउडको फिल्म साइन गरेका कारण ‘भारत’मा काम नगरेको बताइएको थियो । प्रियंकाले उक्त फिल्म् नखेल्ने घोषणा गरेपछि कैटरिना कैफको इन्ट्रि हुने भएको हो ।

सुरुमा फिल्म खेल्न अस्वीकार गरेकी कैटरिना प्रियंकाले छाडेपछि भने फिल्म खेल्नका लागि राजी भएकी हुन्।

फिल्ममा अनुबन्धित भएपछि कैटरिनाले आफूले उक्त पिल्मको हिस्सा बन्छु भनेर नसोचेको प्रतिक्रिया दिएकी छन्।

अलि अब्बासको निर्देशनमा बन्न लागेको ‘भारत’ महँगो पारिश्रमिकसहित अनुबन्धित भएकी प्रियंका बलिउड सिनेमा अफरसँगै फिल्मबाट बाहिरिएकी हुन्।

कैटरिना अब्बास यसअधि ‘मेरे ब्रदरकी दुल्हन’ र ‘टाइगर जिन्दा है’मा एकसाथ काम गरिसकेका छन्। उनले पूरै फिल्म आफ्नो भूमिकामा केन्द्रित भएका कारण फिल्म खेल्न राजी भएको प्रतिक्रिया दिएकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *