इन्जेक्शन लगाएको १५ मिनेटभित्रै विरामीको मृत्यु भएपछि

काठमाडौं, असार ७- अस्पतालको लापर्वाहीको कारण बिरामीको मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन । चिकित्सकको लापर्वाहीले ज्यान गएको भन्दै आफन्तले नागरिक कम्युनिटी अस्पताल तोडफोड गरेका हुन ।

भक्तपुरको गठ्ठाघर स्थित नागरिक कम्युनिटी अस्पतालको लापर्वाहीका कारण एक महिलाको ज्यान गएपछि तोडफोड भएको हो । मंगलबार राती पेट दुखेर उपचारका लागि सो अस्पताल पुगेकी दोलखा भीमेश्वर नगरपालिका घर भई हाल मध्यपुर ठिमी बस्दै आएकी ३८ बर्षीया उषा बस्नेतको चिकित्सकको लापर्वाहीका कारण ज्यान गएको थियो ।

राती ७ बजे पेट दुखेर उपचार गर्न पुगेकी बस्नेतलाई चिकित्सकले दुखाई कम गर्ने इन्जेक्शन दिएका थिए । तर, सो इन्जेक्शन दिएको १५ मिनेटमै उनको मृत्यु भएको थियो । अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार सिरिन्ज लगाउने क्रममा त्रुटी भई अक्सिजन गएकोले उनको मृत्यु भएको हो ।

‘बिरामीको अवस्था सामान्य थियो, खुखाई बढी भयो भनेर इन्जेक्शन लगाइयो तर त्यसको १५ मिनेटभित्रै मृत्यु भयो, यो दुर्भाग्यपुर्ण घटना भयो,’ अस्पतालका एक अधिकारीले भने ।

मृतकका आफन्तले शव समेत बुझन अस्वीकार गरेपछि अहिले अस्पताल परिसर तनावग्रस्त बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 16 =